एमसीसीले गठबन्धनमा खटपट बढेपछि गोकुल बाँस्कोटाको व्यंग्य : ‘देख तेरा तमासा !’

काठमाडौं । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सत्ता गठबन्धनका दलबीच खटपट शुरु भएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू भने निकै हर्षित देखिएका छन् ।

विशेषतः एमालेका नेता गोकुल बाँस्कोटाले यस विषयमा सामाजिक सञ्जालमार्फत दैनिकजसो गठबन्धनविरुद्ध व्यंग्य प्रहार गरिरहेका छन् । आज (बिहीबार) बिहान पनि बाँस्कोटाले एमसीसी र सत्ता गठबन्धनमा शुरु भएको हलचलबारे व्यंग्य गरेका छन् ।

‘सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनवाचा उनैले गर्या हुन् । द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान् कूटनीतिक सफलता उनकै हो’, बाँस्कोटाले लेखेका छन्, ‘हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौं, आज आफैलाई सनासो भो । कसलाई थाछैन र ! देख तेरा तमासा !’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री