इमर्जिङ नेपालको आईपिओमा खुल्दै, माघ २६ गतेदेखि आवेदन दिन सकिने

इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपिओ) निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले माघ २६ गते बुधबारदेखि १०० रुपैयाँ अंकित मूल्यमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपिओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आईपिओ मध्ये २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि र ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरूका लागि छुट्याएको छ भने बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म रहेको छ । उक्त आईपिओमा आवेदन दिने समय छिटोमा फागुन १ गतेसम्म रहेको छ भने ढिलोमा फागुन ११ गतेसम्म रहेको छ ।

आईपिओमा मेरो शेयर मोबाइल एप, वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।

आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री