तीव्र गतिको कन्टेनर बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

काठमाडाैँ ।  चितवनको भरतपुर- १२ वसन्तचोकमा बिजुलीको पोलमा कन्टेनर ठोकिँदा चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३ – ००१- ००५ ख ९९७० नम्बरको कन्टेनर तीव्र गतिको कारण अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कन्टेनर चालक सर्लाहीको लालबन्दी नगरपालिका घर भएका मेघराज खत्रीको उपचारका क्रममा मृत्यु भएको हो । उनको भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कन्टेनर ठोकिँदा दुई वटा बिजुलीका पोल ढलेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री