काठमाडाै । सरकारले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेकाे छ।
प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे।
रेडियो नेपालमा कार्यरत शाहले केही समयअघि रेडियो नेपालबाट राजीनामा दिएका थिए। जाजरकोट स्थायी घर भएका पत्रकार शाह नेपाल प्रेस युनियनका पूर्व सभापति हुन् । लामाे समयदेखि पत्रकारितामा सक्रिय शाह हाल काठमाडाैमा बसेर पत्रकारिता गर्दै आएका छन् ।
तपाईंको प्रतिकृया




