राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेश गरेका छन्।

राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।

तस्बीरः राष्ट्रपति कार्यालय

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

टी-२० विश्वकप : नेपालविरुद्ध बंगलादेश १०६ रनमा अलआउट

काठमाडौँ । बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको समूह डी …

प्रतिकृया दिनुहॊस