काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या घटेको देखिएपनि मृत्यु हुनेको संख्या भने बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९५९ जनाको मृत्यु भएको छ ।
भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १५.७७ प्रतिशत रहेको छ । त्यस्तै भारतमा एकै दिन २ लाख ६२ हजार ६२८ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको घटिरहेको छ । हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार २६८ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ९५ हजार ५० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया




