‘पपुलर’ हुन गरेको ट्वीटले रविन्द्र मिश्रलाई पिरलो, डिलिट गर्दै मागे माफी

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चर्चा कमाउन गरेको एउटा ट्वीट डिलिट गर्दै माफी मागेका छन् । ‘बलात्कारीलाई फाँसी दे’ नारा लगाइएको भिडियो उनले आफ्नो ट्वीटरमा राखेका थिए । तर पछि आफ्नो पार्टी मृत्युदण्डको पक्षमा छैन भन्दै उनले उक्त भिडियो ट्वीटरबाट हटाएका हुन् । त्यसका लागि उनले क्षमा पनि मागेका छन् ।

‘विवेकशील साझा पार्टी मृत्युदण्डको पक्षमा छैन । केही दिनअघि मेरो ट्वीटरबाट ‘फाँसी दे…’ नारालाई अनुमोदन गरे जसरी हुन गएको ट्वीटका लागि क्षमाप्रार्थी छु’, अध्यक्ष मिश्रले आइतबार ट्वीटरमै लेखेका छन्, ‘पार्टीका सबै तहका साथीहरूलाई यसबारेमा सचेत रहन पनि आग्रह गर्दछु । सो ट्वीट मैले डिलिट गरेको पनि जानकारी गराउँदछु ।’

यसमा डा. रामेश कोइराला ‘रामेश’ ले टिप्पणी गरेका छन्, ‘ठीक गर्नुभो । पपुलिस्ट हुने लोभमा अब कुनै दिन फेरि भैरव अर्यालको नेता नं १०१ वा हम्बुराबीका जस्ता नारा नल्याउनु होला ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट …

प्रतिकृया दिनुहॊस