बाइडेनले भने- रुसले युक्रेनमाथि अर्को महिना आक्रमण गर्दैछ

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । उनले यसलाई प्रवल सम्भावना भन्दै चेतावनी जारी गरेका हुन् ।

अर्कोतिर रुसले यो विषयमा अब समाधान निस्किने सम्भावना कम भएको बताएको छ । अमेरिकाले आफ्ना मुख्य मागलाई अस्वीकार गरेको भन्दै रुसले यस्तो चेतावनी जारी गरेको हो ।

यसअघि रुसले युक्रेनको सीमामा झन्डै एक लाख सैनिक तैनाथ गरेको विषयमा चर्चा भएको थियो । रुसले बारम्बार युक्रेनमाथि आक्रमण गर्ने योजना बनाएको अमेरिका र पश्चिमा देशहरुले आरोप लगाएका छन् ।

युक्रेनी राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी गरेपछि अमेरिकी राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस