आजको मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज पनि देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश-१ तथा बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको हो ।

आज राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ ।

शुक्रबार बिहान पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको पनि महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री