सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । विहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सयले घटेको छ ।

महासंघले आज छापावाल सुन तोलाको ९३ हजार ५०० मा कारोबार भैरहेको जानकारी दिएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार ४ सयमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रति तोला १० रुपैंयाले घटेर तोलाको १२ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य