आजको मौसम : हुस्सु, वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज पनि देशभरको मौसम पूर्णरूपमा सफा नरहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पनि देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले मौसम सफा हुन समय लागिरहेको हो ।

महाशाखाका अनुसार आज बिहान पहाडमा आंशिक बदली र तराईका भू-भागमा हुस्सु/कुहिरो लागि रहेको छ । आज दिउँसो प्रदेश-१, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

बिहीबार राति पनि प्रदेश-१, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री