अस्पतालबाट डिस्चार्ज भइन् प्रचण्ड पत्नी सीता दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथबाट फर्केको विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते (नामसहित)

काठमाडौं । मुक्तिनाथ दर्शन गरेर फर्किँदै विद्यार्थी चढेको बस मंगलबार बिहान कागबेनी-मुक्तिनाथ सडक खण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस