१२ हजार ८ जनामा संक्रमण पुष्टि हुँदा ३ हजार ४० निकाे भए

पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले साेमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ वटा नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १८ हजार १०३ जनामा गरिएको पीसीआर परीक्षणमा ९ हजार ४३२ जनामा र ७ हजार ८०६ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ८८ हजार ९३४ रहेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४० जना डिस्चार्ज भएका छन् भने मृत्यु ८ जनाको भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस