काठमाडौँ । रोयल्टी नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक अमेरिकी नागरिक माइक बोल्सोभर त्रिभुवन विमानस्थलमै रोकिएका छन् । सरकारलाई १३ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेका काठमाडौँको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा सञ्चालित क्यासिनो सञ्चालक बोल्सोभर त्रिभुवन विमानस्थलस्थित अध्यागमनमा रोकिएको हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत बोल्सोभरलाई नेपाल छोड्न रोक लगाएको थियो । पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले उनलाई अध्यागमनले रोकेको हो । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रीको निर्देशनपछि आफूले अध्यागमन कार्यालयलाई सूचित गरेर नेपाल छाड्नबाट रोकेको बताए ।
पर्यटन विभागले क्यासिनो सञ्चालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम्म उनलाई नेपाल छाड्न नदिने निर्णय समेत गरिसकेको जानकारी दिए । माइकले काठमाडौँको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा सञ्चालित क्यासिनो सञ्चालकको प्रतिनिधित्व गर्छन् । माइकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ को २३ कठ्ठा सरकारी जग्गामा टाइगर प्यालेस होटल सञ्चालन गरेका छन् ।
पछिल्लो समय पर्यटनमन्त्री आले र सचिव न्यौपानेले रोयल्टी नबुझाउने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कारबाही अघि बढाएका छन् ।
यस्तो छ अन्य क्यासिनोको अवस्था :-




