नेपालमा थप ५,०८७ जनामा कोरोना संक्रमण पुष्टि, ३०६ जना निकाे भए

गत २४ घण्टाभित्र नेपालमा थप ५,०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

साेमबार १,४४६ जना थपिएका थिए भने मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जना थपिएका थिए। बिहीबार ३,५५३ संक्रमित थपिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १३ हजार ४७४ जनाको पिसिआर परीक्षण र ७ हजार ८६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ४५ हजार ५०५ र एन्टिजेन परीक्षणबाट १ लाख १०८ रहेकाे छ।

निकाे हुनेकाे संख्या ३०६ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १५ हजार ६५३ पुगेकाे छ।

संक्रमणबाट शुक्रबार ३ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६१३ रहेकाे छ।

नेपालमा हाल १८ हजार २३५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ लाख २० हजार ३६७ खाेप लगाइएकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after