सेञ्चुरी कमर्सियल बैंकको एघारौं वार्षिक साधारणसभामा ६ दशमलव ५ प्रतिशत लाभांश पारित

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकको ६ दशमलव ५ प्रतिशत लाभांश पारित भएकाे छ । आज भएकाे बैंककाे एघारौं वार्षिक साधारणसभामा संचालक समितिद्वारा प्रस्तावित साे लाभांश पारित भएकाे हाे । साधारण भाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित ५ दशमलव ७५ प्रतिशत बोनस शेयर तथा ० दशमलव ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेकाे हाे ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन समेत पारित गरेको छ । याेसँगै साधारणसभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३ दशमलव ४१५ शेयर संरचनालाई ५ सय १५ हुने गरी शेयरधनीहरुको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १ सय २६ शाखा १० वटा एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग तथा १ सय ८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस