टोटनह्यामलाई हराउदै चेल्सी इएफएल कपको फाइनलमा

काठमाडौँ – चेल्सी इएफएल कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-० ले जित हासिल गर्दै चेल्सी इएफएल कपको फाइनलमा पुगेको हो । यस अघि सेमिफाइनलको पहिलो लिगमा चेल्सीले २-० ले जित हासिल गरेको थियो ।

चेल्सीको जितमा खेलको एक मात्र गोल एन्टोनियो रुडीगेरले खेलको १८औ मिनेटमा गरेका थिए । अब चेल्सीले फाइनलमा लिभरपुल र आर्सनलबीचको विजेतासँग खेल्ने छ । लिभरपुल र आर्सनलबीचको सेमिफाइनलको पहिलो लिग आजराती हुदै छ भने दोस्रो लिग जनवरी २० मा हुदै छ । इएफएल कपको फाइनल खेल फेब्रुअरी २७ मा हुने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री