एसियन लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २१ गते

काठमाडौं – एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश पारित गर्न इन्स्योरेन्सले माघ २१ गते १३ औं वार्षिक साधारण सभा डाकेको छ। वीरगञ्जमा हुने सभा बिहान साढे ११ बजे सुरु हुनेछ।

सभाले इन्स्योरेन्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न सम्बन्धित नियामक निकायबात स्वीकृति लिने तथा त्यसलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायत प्रस्ताव पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस