भारतमा कोरोनाको तेस्रो लहर: एकै दिन १ लाख ६८ हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको छ । हरेक दिन कोरोनाको संक्रमण फेरी बढेपछि तेस्रो लहर शुरु भएको विज्ञहरुले बताएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ६३ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने २७७ जनाको मृत्यु भएको छ । भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १०.६४ प्रतिशत रहेको छ ।

त्यस्तै भारतमा एकै दिन ६९ हजार ९५९ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २७ राज्यमा ओमिक्रोन भेरिएन्टका ४४६१ केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्म १७११ ओमिक्रोन संक्रमित ठिक भएका छन् । भारतमा अहिलेसम्म ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या ८ लाख नाघेको छ । अहिले भारतमा ८ लाख २१ हजार ४४६ कोरोनाका सक्रिय केस रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८४ हजार २१३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इसेवाको ब्रान्ड दूत नियुक्त भए कलाकार सुमन कार्की

काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि.ले कलाकार सुमन कार्कीलाई ब्रान्ड दूत बनाएको छ …

प्रतिकृया दिनुहॊस