काठमाडाैँ । नेपाली काँग्रेस जिल्ला अधिवेशनको रौनकले बारामा चुनावी सरगर्मी निकै बढेको छ । जिल्ला सभापतिको नेतृत्व लिन हाल सम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । शम्भु बहादुर, बुढाथोकी, रामानन्दयादव र राजेश राययादवले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सभापतिमा दावेदार शम्भु बहादुर बुढाथोकीलाई पार्टी सभापति शेरबहादुर देउवा, सहमहामन्त्री फरमुल्लाहमन्सुर, प्रदेश २ का उप-सभापति चन्द्रशेखर यादव र जिल्ला सभापति जयचन्द्र चौरसियाको बलियो साथ छ । अर्का उम्मेदवार रामानन्द यादवलाई शेखर कोइराला र राजेश राय यादवलाई पूर्व केन्द्रिय सदस्य राधेचन्द्र यादवले साथ दिएका छन् । जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा उम्मेदवारहरुको दौडधुप बढेको छ । उनीहरुले जित्ने आ-आफ्नै दावी पेस गरेका छन् ।
उम्मेदवारमध्येका एक शम्भु बहादुर बुढाथोकीले बारामा काँग्रेस बढाएको, स्थानीय एवं संघिय सांसदको निर्वाचनमा पार्टीलाई विजयी गराउन अहम भूमिका निर्वाह गरेको दृष्टान्त पेश गरेका छन् । पार्टी जिल्ला संगठन विभागप्रमुख समेत रहेका बुढाथोकीले २०७० सालको संसदीय निर्वाचनमा एमाले नेता पुरुषोत्तमपौडेलसंग पराजित भएता पनि सानदार मत प्राप्त गरेका थिए । एमालेको लालकिल्लाको रुपमा स्थापीत निजगढमा उनको उदय पछि कांग्रसको दवदवा बढ्दै आएको स्थानीय बताउँछन् ।




