पञ्चकन्या माईको साधारण सेयरमा १० गुणा बढी आवेदन

काठमाडौं । पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले गत साउन १ गतेबाट बिक्री खुल्ला गरेको साधारण सेयर खरिद गर्न १० गुणा बढी आवेदन परेको छ । कम्पनी माथिल्लो माई र माथिल्लो माई ‘सी’ जलविद्युत आयोजनाको ११ करोड मूल्य बराबरको ११ लाख कित्ता सेयर खरिद गर्न यति धेरै आवेदन परेको हो ।

आईपिओमा १० गुणा बढी माग परेपछि करिब ५० हजारले शेयर नपाउने भएका छन् ।  कम्पनीले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि ११ लाख कित्ता शेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।

कम्पनीले इलाममा निर्माण गरेको १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ ले विद्युत उत्पादन गर्दै आएका छन् । यी दुई जलविद्युतगृहबाट विद्युत उत्पादन सुरु भएको एक वर्षबाट नै कम्पनीले नाफा आर्जन गर्न सुरु गरेको थियो

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक …

प्रतिकृया दिनुहॊस