काठमाडाैँ । पर्साको जगरनाथपुर गाउँपालिका-६ सन्ठीमा एक जना बालकको शव भेटिएको छ । स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेल मृत भेटिएका हुन् ।
बालक चार दिनदेखि हराएका थिए । कतै गयो होला आइहाल्छ भनेर अभिभावकले प्रहरीमा खोज तलासका लागि समेत निवेदन दिएका थिए । बालकको घाँटीमा गम्छा कसिएकोले घटनालाई शंकास्पद मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनामा संलग्न रहेको आशंकामा चार जनालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।
तपाईंको प्रतिकृया




