नबिल बैंक र एशियन नेट जापानबीच विप्रेषण व्यवसाय सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र जापानको एशियन नेट कम्पनी लिमिटेडबीच विप्रेषण व्यवसाय सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका चिफ बिजनेस अफिसर अनिलकुमार खनाल र एशियन नेट कम्पनीका अध्यक्ष हिगासिदा शुजेनले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार जापानमा रहेका नेपालीहरुले आफ्नो नबिल बैंकमा रहेको खातामा वा नेपाल भरी जुनसुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तिय संस्थाहरुको खातामा नबिल बैंक मार्फत रकम पठाउन सक्नेछन् ।

यो ब्यवस्थाबाट नबिल बैंकले जापानबाट आफ्ना ग्राहकहरुका लागि सुरक्षित, सस्तो र छिटो माध्यमबाट जापानबाट रकम पठाउने काम गर्नेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री