काठमाडाैँ । काभ्रेबाट प्रहरीले गुण्डागर्दीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका-३ का २८ वर्षीय दिनेश गोले छन् ।
महत बनेपा, धुलिखेल र पनौती क्षेत्रमा सञ्चालित विभिन्न उद्योगी-व्यवसायीलाई गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्नेलगायत कार्यमा संलग्नता रहेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
गोलेले भने पनौती बजार क्षेत्रका व्यक्तिलाई धम्क्याउने तथा स्थानीयवासीको दैनिक कार्यमा समेत अवरोध पुर्याउने काम गर्दै आइरहेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई ‘मुलुकी अपराध संहिता-२०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य-सुविधा र नैतिकताविरुद्ध’ सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी बिहीबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिकृया दिनुहॊस