प्रधानमन्त्री देउवा आइतबार भारत जाँदै, यस्तो छ कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते अर्थात् आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधान मन्त्रीको भारत भ्रमण अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

पाँचौँ पटक प्रधान मन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । मन्त्री पौडेलका अनुसार प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने भएका हुन् ।

यसैगरी, सरकारले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि भारतसँग सम्झौता गर्ने उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री