मंगलबार ६३ अंकले बढ्यो नेप्से

साताको तेस्रो कारोबार दिन मंगलबार (आज) पनि शेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६७९ बिन्दुमा पुगेर बन्द भएको हो। सेन्सेटिभ इन्डेक्स पनि १५.८५ अंकले बढेर ५०३.७२ बिन्दुमा पुगेको छ।

आज २३४ वटा धितोपत्रको ९१ लाख १० हजार ७५८ कित्ता शेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँमा खरिद विक्री भएको छ। आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

शेयर मूल्य सकारात्मक सर्किट लाग्नेमा श्री इन्भेष्ट्मेन्ट फाइनान्स, सप्तकोशी डेभलप्मेन्ट बैंक, मध्य भोटेकोशी जलविद्युत, नेपाल एसविआई बैंक र सिन्धु विकास बैंंक रहेका छन्। श्री इन्भेष्ट्मेन्ट फाइनान्स र सप्तकोशी डेभलप्मेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्य्रुत, नेपाल एसविआई बैंक र सिन्धु विकास बैंंकको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ । यसको आज १४ करोड ७७ लाखभन्दा बढीको शेयर खरिद विक्री भएको हो ।

त्यस्तै, कारोबारमा आएका १३ वटा समूमध्ये २ वटा बाहेक सबै समूहको परिसूचक बढेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

व्यवसायबाट आत्मनिर्भर बन्दै प्रिया (भिडियोसहित)

एउटी महिला छोरी हुँदै विभिन्न भूमिका निर्वाह गर्दै अघि बढ्छन् । ब्यागमाण्डु र कटन विङ्सकी …

प्रतिकृया दिनुहॊस