हाइटीका प्रधानमन्त्रीको हत्या प्रयास

एजेन्सी । हाइटीका प्रधानमन्त्री एरिएल हेनरीको हत्या असफल प्रयास भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार एक कार्यक्रममा सहभागी भइरहेका बेला उनको हत्या प्रयास भएको हो ।

कार्यक्रमका भइरहेका बेला प्रधानमन्त्रीलाई लक्षित गरेर सशस्त्र मानिसले गोली चलाएका थिए । गोली लागेर कम्तिमा एक व्यक्तिको ज्यान गएको साथै कयौं घाइते भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री हेनरी भने सकुशल रहेका छन् । उनी २० जुलाई २०२१ मा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री