पाँच महिनामा देशभर ८४४ हिंसाका घटना

पछिल्लो पाँच महिनामा ८४४ महिला तथा बालिका हिंसाका घटनाबाट पीडित भएका छन्। महिला पुनःस्थापना केन्द्र (ओरेक)ले संस्थामा आएका र मिडियामा आएको घटनाका आधारमा सबैभन्दा बढी ५६ प्रतिशत घरेलु हिंसा भएको पाइएको हो।

सो अवधिमा ४७५ घरेलु हिंसाका घटना भएको थियो। १५२ बलात्कार, ७५ सामाजिक हिंसा र ५३ हत्याको घटना भएको थियो । यही अवधिमा ३७ यौन दुर्व्यवहार, सात अलपत्र अवस्थामा फेला परेको, सात साइबर अपराध र ११ बलात्कारको प्रयास भएको थियो ।

घरेलु हिंसाका घटनामध्ये पनि २१६ घटनामा खान लाउन नदिइएको, १३७ शारीरिक हिंसा र १२२ मानसिक हिंसा रहेको छ । तथ्याङ्कको विश्लेषण गर्दा प्रभावित महिलामध्ये ३६५ श्रीमान्, ११९ परिवारका अरु सदस्य रहेकाले सबैभन्दा बढी महिला परिवारभित्रै असुरक्षित रहेको संस्थाले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री