सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रममा बीमाको महत्व र दावि भुक्त्तानि कसरी गर्ने तथा जनमानसमा बीमाको प्रभावकारी भूमिकाको सम्बन्धमा विस्तारपूर्वक अभिकर्ताहरुलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए। उक्त कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि।ले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई …

प्रतिकृया दिनुहॊस