सानिमा बैंकको सानिमा सजिलो इ–बैंकिङ्ग नयाँ वर्ष धमाका योजना सार्वजनिक

नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो इ–बैंकिङ्ग नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैंकिङ्ग मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नेछन्।

मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा संचालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कार प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन रु १०० क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो इ–बैंकिङ्ग प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नु पर्नेछ।

यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुनेछ। सानिमा बैंकको मोबाइल बैकिङ्ग एप् play store वा app store बाट डाउनलोड गर्न सकिन्छ। साथै नजिकैको शाखामा सम्पर्क गरी कारोबार सुचारु गर्न सकिनेछ।

सानिमा बैंकको देशभर ११९ वटा कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक लगाएको छ । बैंकको …

प्रतिकृया दिनुहॊस