काठमाडाैँ । सिरिन्जको अभावमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन शुरु गरिएको फाइजरको खोप अभियान नेपालमा स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयले सिरिन्ज अभावमा खोप अभियान अनिश्चित समयको लागि रोकिएको जनाएको हाे ।
शुक्रबार सिरिन्ज आएपछि काठमाडौं उपत्यकासहित आठ जिल्लामा खोप लगाउने तयारीमा मन्त्रालय थियो । खोप राष्ट्रिय कार्यक्रमका संयोजक सागर दाहालका अनुसार भेरोसेल, अस्ट्राजेनेका, मोर्डना र जोन्सन खोप अभियान चाहिँ निरन्तर हुनेछन् । फाइजर खोपका लागि ०.३ एमएलको सिरिन्ज आवश्यक पर्छ ।
कोभ्याक्स संयन्त्रमार्फत शुक्रबार नेपालले ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्राप्त गरेको थियो । खोपसँगै सिरिन्ज नआउने भएकाले समस्या भएको हो ।

तपाईंको प्रतिकृया




