सिद्धार्थ बैंकको उन्नाइसाैं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

सिद्धार्थ बैंकले आफ्नो उन्नाइसौं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

पौष ८ गते बिहीबारदेखि १२ गते सोमबारसम्म सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा कुल ८५८ जनाको सहभागिता रहेको थियो। जसमा ९४ महिला र ७६४ पुरुष रहेका थिए।

अस्पतालहरूलाई जहिले पनि रगतको ठूलो आपूर्तिको आवश्यकता रहेको तर हालको कोभिड १९ महामारीले गर्दा नेपाल मात्र होइन, विश्वभर नै अभाव भएको हुनाले यस अभावलाई केही हदसम्म भए पनि कम गर्न र रगत ट्रान्सफ्युजनको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यले बैंकले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य राखेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस