नेपाल टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक

काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय रुपमा प्रस्तुत भइरहेकाे छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिने टेलिकमले जानकारी दिएकाे छ । त्यस्तै प्याकमा उपलब्ध डाटाकाे लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिने पनि सुबिधा रहेकाे छ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा एड अन प्याक समेत खरिद गरी चलाउन सक्नेछन् ।

“सजिलो अनलिमिटेड प्याक” अन्तर्गत पोस्टपेडमा विभिन्न ४ प्याकहरु रहेका छन् । जसमा ५ सय ९९ रुपैयाँ, ७ सय ९९, ९ सय ९९ र एक हजार ४ सय ९९ रुपैयाँका का प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५ सय ९९ रुपैयाँ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी ५ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ । उता सजिलो अनलिमिटेड पोस्टपेड ७सय ९९ अफर अन्तर्गत जम्मा ७ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २ सय  वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ ।

 

एड अन प्याक कसरी खरिद तरीका

कम्पनीले उपलब्ध गराउँदै आएको विभिन्न ४ प्याकेजमा प्रतिदिन १ जीबी, २ जीबी र ४ जीबी प्रयोग गर्न सकिने डाटा सकिएमा प्याकेजको बाँकी अवधिभरीका लागि सस्तो दरको एड अन प्याक खरिद गर्न सकिनेछ । यस अन्तर्गत २ सय९९ रुपैयाँमा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एड अन प्याकको रुपमा खरिद गर्न सकिन्छ ।

प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएसको निःशुल्क अनलिमिटेड डाटा सेवा भने उपलब्ध नै हुनेछ । यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रुपैयाँमा २ जिबी र ५० रुपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड अन प्याक कै रुपमा खरिद गर्न सकिन्छ ।

यस्तै अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक ५ सय ९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा २९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सकिन्छ ।

याे प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा प्याकेजको बाँकी अवधिभरी निःशुल्क उपलब्ध हुनेछ । सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रुपैयाँमा २ जिबी र ५० रुपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after