बीमाशुल्क संकलनमा नेपाल लाइफको अग्रता कायमै

काठमाडौं । बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्सकाे अग्रता कायमै  छ । जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमाशुल्क संकलनमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना वा मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । आउँदा दिनहरुमामा यसलाई अझ बढाउने योजनाका साथ काम गरेको कम्पनीले वताएकाे छ ।

जीवन बीमाको क्षेत्रमा नेपाल लाइफ देशकै नं १ कम्पनी हो । जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको थियो । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग १ सय १८ अर्ब ७६ करोडको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४० अर्ब ५० करोडको सर्वाधिक दावी भुक्तानी, ७ अर्ब १९ करोडको सर्वाधिक चुक्ता पुँजी रहेको छ भने अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल नै सावित भएको कम्पनीले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस