ओमिक्रोन सङ्क्रमण बढेपछि नयाँ दिल्लीमा फेरि ‘कर्फ्यू’

एजेन्सी । कोभिड सङ्क्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको सङ्ख्या बढेपछि राज्य सरकारले सोमबारबाट कर्फ्यू लगाउने भएको हो ।

राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ । भारतमा पछिल्लो २४ घण्टामा ७ हजारमा जना कोभिड सङ्क्रमित भेटिएका छन् । उनीहरूमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ । नयाँ भेरियन्टका बिरामी र अधिकांश सङ्क्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

नयाँ दिल्लीबाहेक अन्य सहरहरूमा पनि विभिन्न प्रतिबन्ध लगाइएका छन् । अङ्ग्रेजी नयाँ वर्षमा होटल, रेस्टुराँ, सांगीतिक क्लबलगायतका बढी भिडभाड हुने क्षेत्रहरूमा मानिसहरूको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री