बंगलादेशमा फेरीमा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु

काठमाडौं । बंगलादेशको दक्षिणी क्षेत्रमा शुक्रबार सामान प्याक गरेर राखिएको फेरीमा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बंगलादेशको झकाकाठी स्थाननजिकै तीन तला भएको ओभिजान फेरीमा आगलागी भएको हो ।

स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामले अहिलेसम्म ३२ जनाको शव निकालिएको बताएका छन्। उनका अनुसार फेरीमा आगलागी भएपछि धेरै मानिसहरु नदीमा हाम फालेका थिए । धेरैको डुबेर मृत्यु भएको उनले बताए । बंगलादेशमा ममर्तसम्भारको अभाव, पर्याप्त सुरक्षा व्यवस्था नहुनु जस्ता कारणले बेलाबेलामा यस्तो समाचार आउने गरेक छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री