खोटाङकाे रावाबेँसीमा राष्ट्रिय बाणिज्य बैंकको शाखा

खोटाङको रावाबेँसी गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैंकको शाखा स्थापना भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिन्डेको हरमटारमा बैंकको २५७औँ शाखा विस्तार भएकाे हाे। मंगलबार बिहान लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन्।

आर्थिक कारोबारका लागि दिक्तेल पुग्नुपर्ने बाध्यता अन्त्यका लागि गाउँपालिकाले गरेको आग्रहअनुसार कुभिन्डेको हरमटारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय विस्तार गरिएको हो।

रावाबेँसी शाखासहित खोटाङमा मात्र राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयको संख्या पाँच पुगेको छ। यसअघि दिक्तेल, ऐंसेलुखर्क, बाक्सिला र खोटाङबजारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय स्थापना भइसकेको छ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री