नेपाली कांग्रेस खुल्ला मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन्।
मंगलबार दिउँसो सम्पन्न मतगणनामा २५२२ मतसहित अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन्। ४६६७ मत खसेकोमा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका चौधरीले २२०६ मत प्राप्त गरेका छन्।
तेस्रोमा चन्द्रमोहन यादवले २१३८, महेन्द्र कुमार यादवले १९८४ र पाँचौंमा दिनेश कुमार यादवले १९५९ मत प्राप्त गरेका छन्।
खुल्ला मधेसीतर्फ पाँच जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा थिए।
तपाईंको प्रतिकृया




