कांग्रेसको मधेसी कोटाबाट उद्योगपति विनोद चौधरी जित नजिक

नेपाली कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति विनोद चौधरी जित नजिक पुगेका छन्।

केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा चौधरीले ४३०४ मत गन्दा २०२३ मत पाउँदै दोस्रो स्थानमा छन्। खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिकाअनुसार ४६६५ मत खसेकोमा अब बाँकी ३६१ मतको गणना भइरहेको छ । ४३०४ को परिणाममा विनोद चौधरीले दोस्रो स्थानमा रहँदै जित सुनिश्चित गरेका हुन् ।

पहिलो स्थानमा २३३० मतसहित अजय चौरसियाले अग्रता लिएका छन् । तेस्रो स्थानमा चन्द्रमोहन यादवले १९६९ मत पाएका छन् । चौथो स्थानमा रहेका महेन्द्र कुमार रायले १८३२ र पाँचौं स्थानमा दिनेश कुमार यादवले १८०९ मत पाएका छन् । छैठौं स्थानमा रहेका सुभाषचन्द्र यादवले १७४६ मतसहित अन्तिम पाँचलाई पछ्याइरहेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री