सर्वोच्चको निर्देशन अवज्ञा गर्दै बारको प्रदर्शन

काठमाडौँ । नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना र प्रदर्शनलाई जारी राखेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै एसोसिएसनको अगुवाइमा १४ कात्तिकदेखि आन्दोलन चलिरहेको छ ।

प्रधान न्यायाधीशको निर्देशनमा सर्वोच्च प्रशासनले नाराबाजी नगर्न निर्देशन दिएपनि एसोसिएसनले धर्ना र प्रदर्शन जारी राखेको हो । सर्वोच्च प्रशासनले बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई फोन गरी सर्वोच्च परिसरमा माइक र नाराबाजी नगर्न भनेको तर आन्दोलन नरोकिने एसोसिएसनले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री