कोरोना अपडेटः २२० जनामा संक्रमण पुष्टि, २६३ जना निकाे भए

गत २४ घण्टाभित्र नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १४१ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ७२५ जनाको पिसिआर परिक्षण र १ हजार ४१६ जनाको एन्टिजेन परिक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परिक्षणबाट ८ लाख २५ हजार ९५४, एन्टिजेन परिक्षणबाट ९५ हजार ९८३ रहेकाे छ ।

निकाे हुनेकाे संख्या २६३ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख ९ हजार १८५ पुगेकाे छ।

संक्रमणबाट १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५७४ रहेकाे छ।

नेपालमा हाल ५ हजार २२५ जना सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकामा आज १२९ कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १२९ कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ८९, भक्तपुरमा ७ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको तीन दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर …

प्रतिकृया दिनुहॊस