कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग भए : विश्वप्रकाश शर्मा

काठमाडौँ । नवनिर्वाचित कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । बिहान सञ्चारकर्मीहरूसँगको कुराकानीमा शर्माले नयाँ जिम्मेवारी पाएको भन्दै आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका हुन् ।

नयाँ व्यक्तिको भूमिकालाई बढवा दिन आफू प्रवक्ताको जिम्मेवारीबाट अलग हुने उनको भनाई छ । ‘पार्टीको धारणा र सूचनाका लागि अर्को व्यक्ति प्रवक्ताका रूपमा आउनुहुन्छ,’ उनले भने, ‘तर यहाँहरूलाई परेको बेला म जतिखेर पनि उपलब्ध हुनेछु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री