आइतबार नेवार समुदायले योमरी पुन्ही मनाइरहेका छन्। सरकारले आइतबार धान्यपूर्णिमा र याेमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यका बाहिर सम्बन्धित समुदायलाई मात्र बिदा दिएको छ।
यसदिन योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन्। नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ। नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्।
काठमाडौं उपत्यकामा नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन्। यसदिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट मनाइने यमरी खाने चलन छ।
तपाईंको प्रतिकृया



