उधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उधौलीले उधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउने बताएका छन् । पर्वले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।

उधौली पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले नेपालको उच्च पहाडी भूभागमा ठूलो संख्यामा बसोबास गर्ने किरात समुदायद्वारा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूणर् नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरे ।

किरात समुदायको मान्यताअनुसार आजको दिनदेखि हिउँद सुरु हुने र यो समयमा लेकबाट घरपालुका वस्तुभाउ लिएर बेंसीतिर बसाइ सर्ने समय भएको सङ्केतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा उक्त पर्व मनाउने चलन छ । यस पर्वमा परम्परागत भेषभूषा लगाएर किरात दाजुभाइ तथा दिदीबहिनीले सार्वजनकि रुपमा भेला भई परम्परागत एवं मनमोहक साकेला नृत्य तथा गीत प्रस्तुत गर्ने चलन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री