झिनो मतले पराजित भएपछि मतपरिणाममा गच्छदारको असहमति

काठमाडाैँ । कांग्रेस उपसभापतिमा धनराज गुरुङसँग झिनो मतान्तरले पराजित भएपछि विजयकुमार गच्छदार मतगणना भएको ठाउँ सानेपा पार्टी कार्यालय पुगेका छन् । त्यहाँ उनले पुन गणना हुनु पर्ने माग राख्दै निवेदन दिएका छन् ।

सम्पन्न मतगणनामा कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए । गुरुङले २ मतले मात्र गच्छदारलाई पराजित गरेका हुन् ।

कांग्रेस उपसभापतिका लागि ७ जनाले उम्मेदवारी दिएका थिए । खड्का र गच्छदार सभापति शेरबहादुर प्यानल र गुरुङ र चन्द्र भण्डारी शेखर कोइराला प्यानलबाट उपसभापतिमा प्रतिस्पर्धी थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य