कांग्रेस महाधिवेशनस्थल सरसफाई हुँदै, प्रवक्ता शर्मा लगायतकाे टिम सक्रिय

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ। बुधबार १४औँ महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिले हटाएको हो।

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले बताए। उनले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीहरुको सरसफाई थालिएको बताए। पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचारसामग्री हस्तान्तरण गरेर सरसफाई गरिएको हो।

मंसिर २४ गतेबाट शुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ। अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मतगणना भने बाँकी छ। १४औँ पार्टी केन्द्रिय महाधिवेशनबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा विजयी बनेका छन्।

पहिलो चरणमा नेपाली कांग्रेसको विधानअनुसार सभापतिका ५उम्मेदवार कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणको मतदान भएको थियो। जसमा शेरबहादुर देउवाले २,७३३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १,८५५ मत प्राप्त गरे। दोस्रो चरणका लागि भएको मतदानमा ४ हजार ६२३ मत खसेको थियो। सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् २,३११ मतको आवश्यक पर्दथ्यो । खसेको मतमध्ये ३५ मत भने बदर भएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस