नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २५ औं वार्षिकोत्सव सम्पन्न

नेपाल क्रेडिट एण्ड कमर्स बैंक स्थापनाको २५ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाइएको छ । २८ असोज ०७८ मा २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम राखेको थियो । यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ ।

मंगलवार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम गरेको छ । सन १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५ औं वर्ष पार गरेको छ ।

२५ औं वार्षिकोत्सवका अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेशराज अर्यालले बैंकिङ बजारमा बैंकको उपस्थिती थप बलियो बनाउँदै लैजाने गरी काम गरिरहेको बताए। उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताए। कर्मचारीलाई सम्बोधन गर्दै सिईओ अर्यालले इमान्दारिताको साथ काम गर्नका लागि आग्रह गरे। आफू पनि तल्लो पदबाट सिइओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नका लागि आग्रह गरे।

समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंकले एक सवल तथा सक्षम संस्थाको रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुपर्ने बताए। साथै यस कम्पनीका संचालक इमानसिंह लामा र सुमन कुमारी जोशीले शुभकामना व्यक्त गरे। बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोल रहेका छन्।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा, १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडौँ । मर्चेन्ट बैंकर्सको छाता संस्था नेपाल मर्चेन्ट बैंकर्स (एनएमबीए)को नयाँ कार्यसमिति चयन भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after