ओमिक्रोनबाट बेलायतमा पहिलो पटक मृत्यु

बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

आइतबार मात्र सरकारले ओमिक्रोन संक्रमित बिरामीहरुलाई अस्पताल भर्ना गरिएको जनाएको थियो।

कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गर्दै आएका छन्।

नयाँ भेरियन्ट तीव्र बढेपछि सरकारले अर्को सातादेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने भएको छ। पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ।

विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन्।एजेन्सी

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

आइएमई पे एपको नयाँ सुविधा- IELTS टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने

काठमाडौँ । आइएमई पे ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा …

प्रतिकृया दिनुहॊस