एमालेमा केन्द्रीय सदस्य मनोनयनप्रति भीम रावलको असन्तुष्टि

नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलवले अध्यक्ष केपी शर्मा ओलीले ‘विना मापदण्ड’ केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

केन्द्रीय कमिटीले गरेका निर्णयले पार्टीमा गुटबन्दी बढेको भन्दै उनले असन्तुष्टि जनाए।

साँफेबगर नगरपालिका-१४ पातलकोटस्थित कालिका माविको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा नेता रावलले एमालेमा आइतबार भएको जिम्मेवारी, कार्यविभाजन हेर्दा अध्यक्ष ओलीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीलाई बढवा दिएको बताएका छन्।

नेता रावलले अध्यक्ष ओलीले विगतमा पार्टीमा असन्तुष्ट पक्षलाई दश बुँदे सहमतिमार्फत् समेट्ने क्रममा कसैलाई पक्षपात गर्दिनँ भने पनि त्यस्तो हुन नसकेको बताए ।

देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित काम भएको भन्दै उनले पार्टी अध्यक्षबाट गुटबन्दी बढवा दिने निर्णय भएको र त्यसलाई तत्काल सच्याइनु पर्नेमा जोड दिए।

देश र पार्टी हितविरुद्ध हुने निर्णयको आफूले खबरदारी गर्दै आएको बताउँदै उनले यसलाई निरन्तरता दिने बताए ।

नेता रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने षडयन्त्र पूरा हुन नदिने बताए । एमसीसीलाई पास गरेर नेपाललाई उपनिवेश बनाउने षडयन्त्र भइरहेको भन्दै देशभक्त नेपालीले त्यसको विरोध गर्नुपर्नेमा जोड उनले जोड दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईलाई भोलि मात्रै अदालत लगिने

काठमाडौं । साइबर अपराधको कसुरमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको म्याद थप भोलि (बुधबार) हुने …

प्रतिकृया दिनुहॊस