सेयर बजारमा निरन्तर पहिराे, सोमबार ७९ अंककाे गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ। आइतबार ८७ अंकको उच्च गिरावट भएको नेप्सेमा सोमबार पनि ७९.२३ अंकको उच्च गिरावट हुँदा नेप्से २ हजार २ सय ८२ दशमलव ०१ अंकको विन्दुमा बन्द भएको छ। यसैगरि, सेन्सेटिभ सूचकसमेत ३ दशमलव ३६ प्रतिशतले घटेको शेयर बजार मापक संस्था नेप्सेले जनाएको छ ।

आज नेप्सेमा कुल १८९ कम्पनीको शेयर ९६ लाख ७९ हजार ७२ कित्ता शेयर ६२ हजार ८०९ पटक कारोबार हुँदा ३ अर्व ९९ करोड ५६ लाख भन्दा माथीको कारोबार भएको छ।

बजार परिसूचकसँगै सबै उपसूचक राताम्यै भएका छन् । वित्त कम्पनी उपसूचकमा ६‍‍‍.५१ प्रतिशतको गिरावट हुँदा निर्जीवन बिमा र विकास बैंक उपसूचकमा ५ प्रतिशत तथा लघुवित्त, हाइड्रोपावर र व्यापार उपसूचकमा ४ प्रतिशतमाथिको गिरावगट हुँदा बैंकिङ उपसूचक पनि २.०९ प्रतिशतले घटेको छ।

आज नेप्सेमा कुल १ सय ८९ कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयर मूल्य घटेको छ। दुई कम्पनीको सेयर मूल्य स्थिर रहँदा गोर्खाज फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.४७ प्रतितले बढेको छ। यस्तै, बोटलर्स नेपाल तराई, युनिलिभर नेपाल, माउन्टेन इनर्जी र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य बढेको छ।

आज नेप्सेमा नबिल बैंकको सर्वाधिक १८ करोडको कारोबार हुँदा नेसनल हाइड्रोपावरको १३ करोड र हिमालयन डिस्टिलरीको १२ करोडको कारोबार भएको छ । आज दिनभरमा नेप्सेमा ९६ लाख ७९ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ९९ करोड ५६ लाखको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

साझा यातायातले रद्द गर्‍यो विद्युतीय माइक्रो र स्कुटर खरिद

काठमाडौं । साझा यातायात सहकारीले प्रस्तावित विद्युतीय माइक्रोबस र विद्युतीय स्कुटर खरिद रद्द गरेको छ। …

प्रतिकृया दिनुहॊस